राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटमा‍ सहमति जुटेन

काठमाण्डौ । राष्ट्रिय सभाको चुनावलाई लिएर सिट बाँडफाँटका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष टुङ्गिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय टुङ्ग्याउन नसकेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज बेलुका वा शुक्रवार बिहान पुनः बस्नेगरी बैठक सकिएको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरुको बीचमा छलफल भए पनि सिट बाँटफाँटको विषय टुङ्गिन नसकेको बताए ।

प्रमुख सचेतक लेखकले एमालेसँग समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर