काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट जनाएका छन् ।
नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उनको भनाइ छ ।
भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन काठमाडौँ आएका हुन् ।

