काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सारिएको छ ।
आजका लागि बोलाइएको बैठक भोलि शनिबार बिहान साढे ८ बजे बस्नेगरी सारिएको हो ।
विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ ।

