राष्ट्रिय सभा निर्वाचन: मतदाता नामावली प्रकाशन

काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने छन्।

आयोगले पछिल्लो राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रियसभा निर्वाचनका लागि नयाँ मतभार कायम गरेको छ। जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थायिन तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ।

यसअघि प्रदेशसभा सदस्यको मतभार ४८ थियो भने प्रमुख–उपप्रमुखको १८ थियो। दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ। उक्त दावी विरोधउपर छानबिन गरी आयोगले पुस २२ गते आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ। पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर