राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा गठबन्धन दल सहमति नजिक

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलबिच सिट बाँडफाँटमा लगभग सहमति भएको छ ।

शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको अन्तिम निर्णय भने आज आइतबार बिहान बस्ने बैठकले गर्ने बताइएको छ ।

बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनका अनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको छ ।

बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने सिट बाँडफाँटमा सबै पार्टीहरूको आआफ्नो दाबी कायमै भएकाले सहमति हुन नसकेको बताउँदै उहाँले आज आइतबार पुनः बैठक बस्ने गरी आफूहरू बैठकबाट बाहिरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ ७ बजेदेखि सुरु भएको बैठक राति करिब १२ बजेसम्म बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर