गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनको सीट बाँटफाँटमा सहमति

काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच राष्ट्रियसभा निर्वाचनको सीट बाँटफाँटमा सहमति जुटेको छ ।

आज बिहान बसेको चार दलको बैठकले सीट बाँटफाँट टुंगो लगाएको हो। सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएको छैन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक-एक सीट दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर