एफए कपमा एस्टोन भिल्ला विजयी

काठमाडौं । म्याट क्यासले गरेको गोल निर्णायक बनेपछि एस्टोन भिल्लाले एफए कपमा आठ वर्षपछि जित निकालेको छ ।

शनिबार रिभरसाइड रंगशालामा सम्पन्न खेलमा पाहुना टिमलाई जित दिलाउन क्यासले ८७औँ मिनेटमा निर्णायक गोल गरे । एफए कपमा सन् २०१६ पछि एस्टोन भिल्लाको यो पहिलो जित हो । यसअघि भिल्लाले पछिल्लो पटक वेकम्बेलाई आठ वर्षअघि तेस्रो चरणमा हराएको थियो ।

सात पटक एफए कपको उपाधि जितेको एस्टोन भिल्ला पछिल्लो समय भने यस प्रतियोगितामा संघर्षरत छ । भिल्लाले पछिल्लो पटक सन् १९५७ मा एफए कपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर