काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने भएका छन् ।असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा जाने भएका हुन् ।
सम्मेलन आगामी जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुँदैछ। प्रधानमन्त्री प्रचण्ड माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि मिति भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भ्रमणको विषयमा सबै कुरा टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने आचार्यले बताउनु भयो। अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उहाँको भनाइ छ।

