काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपाले पनि उम्मेदवारी दिएको छ । आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गरेका हुन् ।
नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेका हुन् ।

