काठमाडौं । राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार (आज) उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्ता गर्न जाँदा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरीय सबै नेताहरू निर्वाचनको कार्यालयमा पुगेका थिए ।
कर्णालीमा राष्ट्रिय सभाको लागी तीन सिटमा मतदान हुँदैछ । सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार संख्या कमजोर रहेको छ ।

