काठमाडौँ । राम बहादुर बम्जन ‘तपस्वी’ पक्राउ परेका छन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

