८ वर्षको कैदको फैसला भएसँगै राष्ट्रिय क्रिकेटबाट अलग भएको सन्दीपको घोषणा

काठमाडौँ । सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै क्रिकेटर लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ ।

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर