आना शर्मा र प्रदीप खड्काको मुख्य भूमिकामा ‘एक्टर’ बन्ने

काठमाडौँ । नेपाली चलचित्र ‘एक्टर’ बन्ने भएको छ । उक्त चलचित्रमा नायिका आना शर्मा र नायक प्रदीप खड्काको मुख्य भूमिका रहने भएको छ । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो ।

आनाले ‘एक्टर’ साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुई को जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । यो फिल्मको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय