यस्तो रहनेछ आज देशभरको मौसम ?

काठमाडौं । केहिदिन यता देशभर चिसो धेरै महसुस गरिएको छ । देशका पहाडी भेगमा मंगलबार हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर