घट्यो आज पनि सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

महासङ्घकाअनुसार आज छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय