गायक यम बरालको ‘साथी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक यम बरालको गीत ‘साथी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आज बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताए । उनले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गरे ।

गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय