काठमाडौं। राजश्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले व्यवसायी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले बिहीबारराति क्षेत्रपाटीबाट छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।
उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ। अग्रवालसहित अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागका प्रवत्ता नवराज अधिकारीले बताए।
अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ।

