काठमाडौँ । नेपाल सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सरुवा विवरण अनुसार काठमाडौँ महानगरका प्रमुख बालेन शाहले कार्यालय पस्न नदिइएका काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगको सचिवमा पठाइएको छ।
महानगरमा भने प्रदीप परियारलाई पठाइएको छ। परियार पर्वतका हुन् । अधिकारी विवादमा आएपछि उनलाई बिदामा बस्न लगाइएको थियो। गृहका नारायणप्रसाद रिसाललाई अर्थ मन्त्रालय, अर्थका सेवन्तक पोखरेललाई मधेस प्रदेशको अर्थ मन्त्रालयमा पठाइएको छ।
राष्ट्रिय समावेशी आयोगका सेवन्त राज दाहाललाई गण्डकी प्रदेश प्रमुखको कार्यालय र कोशी प्रदेशका वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

