काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले तेस्रो खेल जितेको छ।
आज भएको खेलमा कोशी प्रदेशलाई ६४ रनले हराउँदै बाग्मतीले तेस्रो खेल पनि जितेको हो। जितका लागि बाग्मतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ ओभर १ बलमा अलआउट हुँदै २०९ रनमा समेटियो।
कोशीका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान गरे। कप्तान अंकित सुवेदीले ५३ रन, आशिष भण्डारीले ३२ रन र सोनु अन्सारीले २१ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

