इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुग्यो

एजेन्सी । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ। इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन्।

जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् । वेस्ट बैंकमा, इजरायली सेनाले बिहीबार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ।

अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय