प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन।

माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका हुन्। सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए।

उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा र्डोयाउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर