आफ्नो बैंक खातामा पैसा जम्मा नभएको रवि लामिछानेको प्रस्टोक्ती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको बताएका छन् ।

कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको उनले बताए ।

आज सोमबार पत्रकार सम्मेलन गरी उनले यो किर्ते भएको बताए । त्यस्तै, रास्वपाका प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले पनि बैंकले स्पष्ट पारेर पत्र दिएको बताए ।

बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने बताए । पैसा खातामा नभए पनि चेक रिसिप गर्न भौचर गरिने र त्यसमा जम्मा गर्ने बैंकको सम्पूर्ण विवरण आउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर