नेप्से परिसूचक आज स्थिर रहेर बन्द

काठमाडौं । नेप्से परिसूचक आज मंगलबार स्थिर रहेर बन्द भएको छ । मंगलबार बजार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा बन्द भएको हो । सोमबार बजार ३१.४९ अंक घटेको थियो ।

कारोबार रकम पनि घटेको छ । यस दिन चार अर्ब २९ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१०३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मंगलबारदेखि ‘लकिङ पिरियड’ खुलेको यो कम्पनीको सेयरमा ‘खेलाडी’को चलखेल हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर