घट्यो आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय