राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको निर्वाचन सम्पन्न, नतिजा आजै आउने

काठमाडौं । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मतदान कार्यक्रम शान्तिपूर्ण किसिमले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

१९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। मतदान सकिएसँगै अब राजनीतिक सहमति गरी तुरुन्तै मतगणना कार्य सुरु हुने र आजै मत परिणाम आउने पनि आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर