सुनचाँदीको मूल्य आज स्थिर

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो । बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय