चीनको दुर्गम पहाडी क्षेत्रमा पहिरोमा परी ३९ जनाको मृत्यु

बेइजिङ। दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ। सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो।

चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ। घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ। बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।

राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भनिएको छ कि उक्त पहिरो ठाडो चट्टान क्षेत्रको भत्किएर आएको थियो, जसमा करिब १०० मिटर चौडाइ, ६० मिटर अग्लो र औसत ६ मिटर गहिराइमा भत्किएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय