स्पेनीस ला लिगामा बार्सिलोनाको फेरि अर्को हार

एजेन्सी । स्पेनीस ला लिगामा बार्सिलोनाले फेरि अर्को हार बेहोरेको छ।

नाउ क्याम्पमा बार्सिलोना भिल्लारियलसँग ५–३ गोलले पराजित रह्यो र यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो।

यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन्। उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु गरेका थिए। उनले क्लब छाड्ने बताउँदै टिममा अर्को सिजनका लागि परिवर्तत आवश्यक रहेको पनि दाबी गरे।

गएराति भएका अन्य खेलमा रियल म्याड्रिडले लास पाल्मासलाई २–१ ले हरायो भने रियल बेटिस मार्लोकामाथि १–० ले विजयी रह्यो। यस्तै रियल सोसिडाड र रायो भाल्कानोले गोलरहित बराबरी खेले। रियल ५४ अंकमा शीर्ष स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर