काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।
आज सााझ उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३.०१ ख.२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।
उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।
गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् ।