काठमाडौं । परराष्ट्रमन्त्री एन पि साउदले नेपाल–भारत सीमा समस्या समाधानका निम्ति कूटनीतिक पहल सुरु भइसकेको बताएका छन् । भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएका बेला उनका समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानको पहल अघि बढाइएको मन्त्री साउदले बताए ।
प्रशासनिक रूपमा रहेको ‘मेकानिजम’ पनि क्रियाशील भई अहिले तथ्यका आधारमा दुवै देशबीच समस्या समाधानका निम्ति कूटनीतिक पहल भइरहेको उनले जानकारी गराए ।
हालै भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा पनि सीमा समस्या समाधानको प्रतिबद्धता जनाइएको उनले उल्लेख गरे ।

