नेकपा एसमा आगामी महाधिवेशनको प्रतिनिधि चयनका विषयमा विवाद

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसमा आगामी महाधिवेशनको प्रतिनिधि चयनका विषयमा विवाद देखिएको छ ।

जारी केन्द्रीय परिषद्को बैठकमा आगामी जेठमा हुने महाधिवेशनका लागि केन्द्रीय कमिटीका सदस्यहरू तलबाट चुनिएर आउने कि स्वतः प्रतिनिधि हुने भन्नेमा विवाद देखिएको हो । सोही विषयमा विभाजित भएपछि केन्द्रीय परिषद्को बैठकमा भोटिङको तयारी भइरहेको एक नेताले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय कमिटीका पदाधिकारीको पद, संख्या लगायतका कुनै विषय अहिलेसम्म टुंगिएको छैन । नमिलेका विषय भोटिङमार्फत टुंग्याउने तयारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर