त्रिविमा अनलाइन प्रणालीमार्फत सेवा दिन सुरु

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा अनलाइन सेवामा प्रवेश गरेको हो।

उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यको सुरुवात गरेका हुन्। अबदेखि विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन्। त्रिवि पनिकाद्वारा प्रदान गरिने सेवाहरु ट्रान्सकृप्ट, प्रोभिजनल, प्रमाण-पत्र, मूल प्रमाण-पत्र, पुनर्योग र करेक्सनको कार्य अनलाइन मार्फत गरिनेछ।

सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट https://tuexam.edu.np/लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन्।

चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन्। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर