बढ्यो आज सुनचाँदीकै मूल्य

काठमाडौं । स्थानीय बजारमा बुधबार आज सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय