गैंडाकोटमा बसले ठक्कर दिँदा पूर्वमन्त्री बलराम पौडेलको मृत्यु

नवलपुर। नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ। नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ६६ वर्षीय पौडेलको बुधबार मध्याह्न साढे १२ बजे दुर्घटनामा परेर निधन भएको हो।

उनी सवार मोटरसाइकललाई नवरपुरस्थित गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो। पोखराबाट गैंडाकोटतर्फ गइरहेको ग १ ख ८५४७ नम्बरको गाडीले पौडेल सवार रहेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट पौडेलको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पौडेलको शव भरतपुर जिल्ला अस्पतालमा राखिएको छ।भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे नेतृत्वको बागमती सरकारमा पौडेल भूमि व्यवस्था मन्त्री भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर