सुल्तान इब्राहिम इस्कन्दरले लिए मलेसियाको राजाको शपथ

एजेन्सी। सुल्तान इब्राहिम इस्कन्दरले मलेसियाको राजाको शपथ लिएका छन्। क्वालालम्पुरको राष्ट्रिय दरबारमा बुधबार आयोजित विशेष समारोहको बिच सुल्तानले मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका हुन्।

पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप-प्रमुखको रूपमा सेवा गर्नेछन्। प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित थिए।

उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो। मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो। यहाँ नौ सुल्तान वा शासकहरू छन्।

उनीहरूले आ-आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने प्रावधान मलेसियाको संविधानले व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय