५ सय रुपैयाँले बढ्यो आज सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय