कांग्रेसले भन्यो, कोसीको परिणामलाई अनपेक्षित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसीको परिणामलाई अनपेक्षित बताएको छ । आज बसेको संसदीय दलको बैठकले कोसीको परिणामलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उमेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् ।

ूगठबन्धनबाट हाम्रा १९ जना साझा उमेदवार थिए । कोसी प्रदेशको परिणाम अनेपक्षित रहेको ठहर बैठकले गरेको छ । कोसीमा दुईजना उमेदवार हुनुहुन्थ्यो, एकजना पराजित हुनुभयो । जसलाई हामीले अनेपक्षित परिणामका रूपमा लियौँ । यो विषयलाई बैठकले गम्भीरतापूर्वक लिने निर्णय गरेको छ,ू लेखकले भने ।

बैठकले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाई दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर