आहा रारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

पोखरा । आहा रारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

पोखरा रंगशालमा भएको खेलमा आर्मीलाई जित दिलाउन जिलेस्पी जंग कार्की, फात्तेमान घले र बसन्त जिम्बाले एक–एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ८३औं मिनेटमा घलेले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । खेलको अतिरिक्त समयमा ।

प्रतिक्रिया

सम्बन्धित खवर