सरकारले सूचना र प्रविधिसम्बन्धी कानुनको तयारी गरिरहेको छ: रेखा शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधिसम्बन्धी कानुनको तयारी गरिरहेको बताएकी छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताएकी हुन्।

नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको उनले बताइन्। उनले कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका संरचनागत काम पनि अघि बढाउन खोजिरहेको जानकारी दिइन्।

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसाथ गर्दै आविष्कार र नवप्रबर्धनमा जोड दिनुपर्ने बताइन्। रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसाथ गर्दै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत कानुनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर