काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो ।
६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा ग¥यो । यो नेपालको लगातार दोस्रो जित हो ।
नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो । नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन् । नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

