सुन आज तोलामा ४०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य आज सोमबार बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय