काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् ।
आज सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर, दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो भन्ने लडाइँ कायम रहेको उनले उल्लेख गरे । उनले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख हुन्छ भन्नेसम्म लेख्न सफल भएको सुनाए ।

