काठमाडौं। हालै उत्तर प्रदेश कन्स्टेबल भर्ती परीक्षाको समयमा प्रवेश पत्रमा केही गडबडी देखियो भने बलिउड अभिनेत्री सन्नी लियोनी नाम चर्चामा आयो। यूपी प्रहरीमा भर्ती परीक्षाको एउटा प्रवेश पत्रमा सन्नी लियोनीको नाम र तस्बिर देखेर मानिसहरू छक्क परे। त्यसपछि प्रवेश पत्रको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो।
यद्यपि, यसमा दर्ता र रोल नम्बरमा चाहिँ उम्मेदवारको सही नाम छ। अहिले यस मामिलामा परीक्षार्थीको भिडियो सार्वजनिक भएको छ। भिडियोमा परीक्षार्थीले आफ्नो प्रवेश पत्रमा सन्नी लियोनीको तस्बिर कसरी आयो भनेर बताएका छन्। भाइरल प्रवेशपत्र महोबा जिल्लाको रगौलिया बुजुर्ग गाउँका बासिन्दा धर्मेन्द्र कुमारको थियो। यो ३९ सेकेन्डको भिडियोमा उम्मेदवारले आफू कसरी सन्नी लियोनी बनेको भनेर बताएका छन्।
के हो पूरै मामिला ?
भिडियोमा परीक्षार्थीलाई ‘तपाई कसरी सन्नी लियोनी बन्नुभयो र यो पूरा मामला के हो?’ भनेर सोधिएको थियो। शुरुमा प्रवेश पत्र निकाल्दा त्यसमा आफ्नै फोटो र नाम मात्र थियो भनेर उनी भन्छन्। पछि कसरी परिवर्तन भयो थाहा नभएको र आफ्नो फोटो र नामको सट्टा सनी लियोनीको फोटो र नाम कसरी आयो भन्ने पनि थाहा नभएको उनको भनाई थियो। अहिले सामाजिक सञ्जालमा यो प्रवेश परीक्षा भाइरल भइरहेको छ। यो भिडियोमा मानिसहरुले निकै रमाइला कमेन्टहरू गरेका छन्। यो भिडियोमा ६ लाखभन्दा धेरै लाइक आइसकेको छ।