आईसीसी क्रिकेट वर्ल्डकप लिग टू: नामिबियासँग नेपाल २ विकेटले पराजित

काठमाडौं। आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो। यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर