संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्: राजेन्द्रकुमार केसी

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

आज बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले प्रतिपक्ष संसद चलाउने मुडमा नरहेको जस्तो आफूलाई महशुस भएको बताए । उनले संसदको काम कानून निर्माण गर्ने भएकाले कानून निर्माणमा जोड दिनुपर्ने बताए।

सांसद केसीले संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर