काठमाडौं । गायिका अञ्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीत ‘बादलभित्र’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन् ।
भिडियोमा विष्ट र शाहीको अभिनय रहेको छ । विष्णु भण्डारीको शब्द रहेको ‘बादलभित्र‘’ मा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने एरेन्ज कुशल सिंहले गरेका हुन् ।