राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धनमा असर पर्दैन: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् ।

भरतपुर भ्रमण वर्षमा सहभागी हुन आज चितवन पुगेका देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् ।

फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका छन् । सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रस्टीकरण दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर