अनुगमन तथा मूल्यांकन विधेयक ०८० पारित

काठमाडौं । अनुगमन तथा मूल्यांकन विधेयक, २०८० पारित भएको छ । राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयक आज शुक्रबारको प्रतिनिधसभा बैठकबाट पारित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले विधेयक पारित होस् भन्ने प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

शुक्रबारको बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सुझावसहितको प्रतिवेदन बहुमतले स्वीकृत हुँदै विधेयको अंग बनेको छ । प्रतिनिधिसभाको अर्को बैठक फागनु २१ गते सोमबार बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर