काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् ।
सांसद सिंहले काठमाडौंले मधेशका मान्छेका कारणले फलफुल र तरकारी खान पाइरहेको भएपनि मधेशका मान्छेहरुलाई अपमान गरिएको बताउनुभयो । उनले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । उनले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताएका छन् ।
सांसद सिंहले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।

