पुण्य गौतम र युवराज सफल प्रहरीको नियन्त्रणमा

काठमाडौं । सामाजिक अभियन्ता बताउने पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए । झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो ।

पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर